दफा ४७
कोष सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले मुलुकको औद्योगिक विकास, प्रवद्र्धन तथा संरक्षणका लागि निजी तथा सहकारी क्षेत्र समेतको सहभागितामा आवश्यकता अनुसार देहायका कुनै वा सबै कोष खडा गर्न सक्नेछः–
(क) लघु, घरेलु तथा साना उद्यम विकास कोष,
(ख) जोखिम पूँजी (भेन्चर क्यापिटल) कोष,
(ग) प्रविधि विकास कोष,
(घ) औद्योगिक लगानी संरक्षण तथा प्रवद्र्धन कोष,
(ङ) रुग्ण उद्योग पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन कोष,
(च) महिला उद्यमशीलता विकास कोष ।
(२) उपदफा (१) मा उल्लिखित कोषमा जम्मा हुने रकम, त्यस्ता कोषको व्यवस्थापन र सञ्चालन सम्बन्धी कार्यविधि र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल सरकारबाट स्थापना र सञ्चालन भएका लघु, घरेलु तथा साना उद्यम विकास कोष, लघु, घरेलु तथा साना उद्योग कर्जा प्रवाह कोष, प्रविधि विकास कोष र महिला उद्यमशीलता विकास कोष यसै ऐन बमोजिम स्थापना र सञ्चालन भएको मानिनेछ ।